बझाङको मतपेटिका हेलिकप्टरमार्फत ओसारियो

बझाङ, बैशाख १६ गते । बझाङको प्रदेश (क) को उपनिर्वाचनका लागी जिल्लाको बिकट साइपाल गाउँपालिकाबाट सोमबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत मतपेटिका ओसारेको छ ।
आइतबार भएको निर्वाचनमा जिल्लाकोे प्रदेश (क) का साईपाल गाउँपालिका बाहेक सबै मतदान केन्द्रबाट मतपेटिका आइतबार राति नै जिल्ला सदरमुकाम चैनपुर पुगाइएको छ ।
मुख्य निर्वाचन कार्यालयले आज बिहान ११ बजे सर्बदलीय बैठक राखेर आज दिउँसोबाट मतगणना गर्ने कार्यक्रमको तयारी गरेको छ । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले भन्नुभयो, “सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेको छ । आज बिहान ११ बजे सर्बदलीय बैठकपछि दिउँसो १ बजेबाट मत गणना गर्ने तयारी छ” ।
जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । जिल्लाभरी ४९.११ प्रतिशत मत खसेको समेत मुख्य निर्वाचन कार्यालयले जनाएको छ । ६१ हजार ७७४ मतदाता रहेको बझाङ प्रदेश (क) मा ३० हजार २२८ मत खसेको छ । जसमा पुरुष १४ हजार ४२९ र महलिा १५ हजार ८९९ रहेको समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बझाङको मतपेटिका हेलिकप्टरमार्फत ओसारियो
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्