एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, २ वैशाख । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो एक बजे बस्ने छ ।
बैठकमा १५ वैशाखमा हुने उपनिर्वाचन, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।
एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आगामी वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने तय छ ।
विभिन्न जिल्लाबाट आएका २ हजार १५३ जना प्रतिनिधि सहभागी हुने बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत गर्ने प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने एमालेले जनाएको छ ।
यस्तै बैठकले समग्र कामको समीक्षा गरी आवश्यक निर्देशन समेत दिनेछ । वैशाख १० गते नेकपाको ७५औं स्थापना दिवसको अवसर पारेर एमालेले विशेष कार्यक्रम समेत आयोजना गर्दैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले सचिवालय बैठक बस्दै
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्