राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौं, चैत २७ गते । राष्ट्रियसभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदैछ । बुधबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकमा उपाध्यक्ष पदका लागि निर्वाचन हुने छ ।
उपाध्यक्षका लागि मङ्गलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।
एमालेका तर्फबाट विमला घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहनुभएको छ ।
यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराउनुभएको छ । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहनुभएको छ ।
तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि निर्वाचन हुन लागेको हो ।
आजको राष्ट्रिय सभा बैठकमा सदस्य दुर्गा गुरुङले पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
त्यस्तै, राष्ट्रिय सभा सदस्य भगवती न्यौपानेले सदस्य घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ । त्यस्तै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त दुवै प्रश्तावहरूलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूचि छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्