परीक्षाफल नआउँदै पाठ्यपुस्तक विद्यालयमा

बाजुरा, चैत २३ गते । वार्षिक परीक्षा दिएर बसेका विद्यार्थीले परीक्षाफल प्रकाशन गर्नुअगावै पाठ्यपुस्तक पाउने भएका छन् । गत वर्ष नयाँ भर्ना गरेको छ महिना हुँदासम्म पाठ्यपुस्तक नपाएका विद्यार्थीले यस पटक छिट्टै पाउने भएका हुन् ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय धनगढीले चैत १३ बाट नै बाजुरा जिल्लालाई पहिलो चरणमा किताब बिक्रीवितरण सुरु गरेको छ । स्थानीय पुस्तक विक्रेताले पाठ्यपुस्तक बाजुरा पुर्याइसकेका छन् । विगतका केही वर्ष समयमै किताब नपाउँदा शिक्षकले बालबालिकालाई पढाउन निकै समस्या र सास्ती भोग्नु परेको थियो । बाजुरा जस्तो दुर्गम जिल्लालाई यस वर्ष भने पहिलो प्राथमिकतामा राखिएको बताइएको छ ।
धुरालसैन माविका छात्र जीवन शाहीले यो वर्ष विद्यालयमा भर्ना हुनुअगावै हातमा किताब पाउने अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष शिक्षकहरूले समयमै विद्यालयमा किताब आउने भनेपछि खुसी लागेको छ ।” विद्यालयले परीक्षाफल प्रकाशन गर्नुअगावै यो वर्ष पुस्तक विक्रेताले किताब लिन बोलाएको बुढीगङ्गा नगरपालिका–१, धुरालसैन माविका प्रधानाध्यापक महासिंह थापाले बताउनुभयो । पुस्तक विक्रेताले किताब पुगेको खबर गरेकाले यो वर्ष भर्नाकै दिन विद्यार्थीको हातमा किताब थमाइदिने योजना रहेको उहाँले बताउनुभयो ।
गत वर्ष जनक शिक्षाले नै किताब छपाइमा ढिलाइ गरेका कारण समयमै किताब उपलब्ध गराउन नसकिएको बाजुराका पुस्तक विक्रेताले बताएका छन् । जनक शिक्षाले समयमै किताब उपलब्ध गराएपछि विद्यालयलाई वितरण गर्न लागेको प्रवीण एन्ड ललित स्टेसनरी बाम्का बजारका पुस्तक विक्रेता टेकबहादुर थापाले बताउनुभयो । त्रिवेणी, बुढीगङ्गा र खप्तड छेडेदह गाउँपालिकाको विद्यालयका लागि सात हजारभन्दा बढी सेट किताब ल्याएर पसलमा राखिएको छ । हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, गौमूल, बडीमालिका त्रिवेणी र बुढीगङ्गालगायतका पालिकामा २३७ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #परीक्षाफल नआउँदै पाठ्यपुस्तक विद्यालयमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्