नाउपाकी अध्यक्ष रञ्जिताद्वारा श्रीमान पक्षधर गिरीलाई सांसद पदबाटै बर्खास्त

काठमाडौं, २१ चैत । नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ ।
पार्टी अध्यक्ष रञ्जिता चौधरीले श्रीमान पक्षधर नेताहरूलाई धमाधम कारबाही गरिरहनुभएको छ । यसैबीच रञ्जिताले पार्टीका तर्फबाट सुदूरपश्चिम प्रदेश सरकारमा भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रहनुभएकी इन्दिरा गिरीलाई सासद पदबाटै हटाउनुभएको छ ।
उहाँले आज गिरीलाई सांसद पदबाट बर्खास्त गर्नुभएको हो । समानुपातिक सांसद गिरीलाई पदबाट बर्खास्त गरिएको पत्र रञ्जिताले प्रदेश सभामा पठाउनुभउको छ । पार्टीको निर्णयविरूद्व सरकारमा सहभागी भएको भन्दै उहाँलाई कारबाही गरिएको हो ।
सुदूरपश्चिम सरकारमा नाउपाका पाँचजना मन्त्री हुनुहुन्थ्यो । जसमा गिरीलाई मात्रै कारबाही गरिएको छ । अन्य चारजनालाई भने कारबाही भएको छैन ।
पार्टीको निर्णय विपरित पार्टीका संरक्षकसमेत रहनुभएका रेशम चौधरीले उहाँहरूलाई सरकारमा पठाउनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नाउपाकी अध्यक्ष रञ्जिताद्वारा श्रीमान पक्षधर गिरीलाई सांसद पदबाटै बर्खास्त
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्