आमाको हत्या आरोपमा छोरा पक्राउ

हेटौँडा, चैत १९ गते । मकवानपुरको थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्गखेलमा आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । घरायसी विवादको कारण स्थानीय ज्ञानी माया गमालको हत्या आरोपमा छोरा मिलन गमाललाई पक्राउ गरिएको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।
गत फागुन ३० गते बिहान करिब १०ः०० बजे घरको ढोका बन्द रहेको र स्थानीयले बोलाउँदा घरको ढोका नखुलेको पाइएपछि इलाका प्रहरी कार्यालय चित्लाङबाट गएको प्रहरी टोलीले स्थानीयको उपस्थितिमा ढोका खोली हेर्दा ५० वर्षीया ज्ञानी माया खाटमा सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला परेको थियो ।
इलाका प्रहरी कार्यालय पालुङबाट गएको प्रहरी टोलीले घटनास्थल मुचुल्का तथा प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि शिक्षण अस्पताल पठाएकोमा सोही दिन नै शव आफन्तले बुझी लगेका थिए । घटनाको थप अनुसन्धानको क्रममा खोज तथा स्थानीयसमेतको अनुसन्धानबाट मृतकको छोरा २६ वर्षीय मिलन गमालले नै घरायसी विवादको कारण कर्तव्य गरी मारेको खुल्न आएको प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय पालुङले निज मिलनलाई थाहा नगरपालिका १० बाट नियन्त्रणमा लिई अन्य अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आमाको हत्या आरोपमा छोरा पक्राउ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्