रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा

काठमाडौं, १५ चैत । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिनुभएको छ । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाउनुभएको हो ।
रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उहाँको आलोचना गर्नुभएको थियो । आफूले चलाउँदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रास्वपाले स्पष्टीकरण सोधेको बताइएको छ ।
२०७९ को निर्वाचनमा काठमाडौं–१ मा स्वतन्त्र चुनाव लड्नुभएका खरेल गत वैशाख १० मा भएको उपचुनावमा रास्वपाबाट बारा–२ मा उम्मेदार बन्नुभएको थियो ।
निर्वाचनमा उहाँ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पराजित हुनुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #रमेश खरेलले दिए राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीनामा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्