मकालुमा भिरबाट लडेर एकजना भेडी गोठालोको मृत्यु

खांदबारी – सङ्खुवासभाको मकालु गाउँपालिका ५ सुक्साम्बा भीरबाट लडेर एक जना भेडी गोठालाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु ५ माङ्सिमा राई गाउँका ६२ वर्षीय हरिप्रसाद राई छन् ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अशोक जगेबुका अनुसार आइतबार भेडा चराउन गएका राई फर्केर नआएपछि खोजी गर्दा सोमबार मकालु ५ स्थित जुकेपानी खोल्सामा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए । मृतक राई भेडी गोठमा काम गर्दै आएका थिए । घटनास्थल सदरमुकाम खाँदबारीदेखि एक दिनको पैदल दूरीमा पर्दछ ।
क्याटेगोरी : समाचार
ट्याग : #भिरबाट लडेर मृत्यु, #मकालु, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्