आज देखि प्रथम भोटखोला महोत्सब हुदै,

खाँदबारी । भाेटखाेला गाउँपालिकाले पहिलाे पटक भाेटखाेला महाेत्सवकाे आयाेजना गर्ने भएकाे छ । भाेटखाेलाकाे सम्भावना, स्थानीय उत्पादन तथा जनजिविकाकाे प्रचार गर्दै माथिल्लाे तहकाे सरकारकाे ध्यानाकर्षण गराउने उद्देश्यका साथ चैत्र ९ बाट महाेत्सवकाे आयाेजना गर्न लागेकाे हाे ।
महाेत्सवकाे अवसरमा अन्तरपालिका स्तरीय भलिबल प्रतियाेगिता र आर्चरी प्रतियाेगिताकाे आयाेजना गरिएकाे छ । त्यस्तै स्थानीय जातजतिकाे झाँकी प्रस्तुती तथा स्थानीय खाद्यबस्तुहरुकाे प्रदर्शनी गरिने भाेटखाेला गाउँपालिका अध्यक्ष वाङ्छेदर भाेटेले जानकारी दिनुभयाे । त्यस्तै महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुले पनि प्रस्तुति दिने अध्यक्ष भाेटेले जानकारी दिनुभयाे ।
महाेत्सवमा संघीय सरकारका उपप्रधान तथा भाैतिक पुर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ प्रमुख अतिथि रहनुहुनेछ । त्यस्तै रक्षा मन्त्री हरिप्रसाद उप्रेती, काेशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्की, संघीय साँसद दीपक खड्का, जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य लगायतकाे उपस्थिति रहने पालिका अध्यक्ष भाेटेले जानकारी दिनुभयाे ।
त्यस्तै जिल्ला भित्रका ९ वटै पालिकाका प्रमुखहरुलाई समेत निमन्त्रणा गरिएकाे र महाेत्सवकै अवसरमा अन्तर पालिका स्तरीय आयाेजना सञ्चालनकाे पहल समेत गरिने उहाँले बताउनुभयाे ।
अध्यक्ष भाेटेले महाेत्सवकाे अवसरमा पालिकावासी तथा अन्य पालिकावासीलाई भाेटखाेला भ्रमणमा आउन समेत आग्रह गर्नुभएकाे छ ।
क्याटेगोरी : समाचार, समाज, स्थानीय
ट्याग : #भाेटखाेला गाउँपालिका, #भाेटखाेला महाेत्सव, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्