बाम लोकतान्त्रिक गठबन्धनको सरकारलाई स्वागत र समर्थन छ : झलनाथ खनाल

काठमाडौं, २६ फागुन । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बाम लोकतान्त्रिक गठबन्धनको सरकारलाई स्वागत र समर्थन रहेको बताउनुभएको छ ।
नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), रास्वपा तथा नेकपा एससहितको नयाँ बनेको गठबन्धनको सरकारलाई उहाँले शुभकामना दिनुभएको हो ।
‘हाम्रो देशमा एक वर्षअघि बनेको गठबन्धनको सरकार टुटेको छ र बामपन्थी शक्तिहरूको पहल र नेतृत्वमा यही २१ फागुनमा नयाँ बाम–लोकतान्त्रिक गठबन्धनको सरकारले आकार लिएको छ । यो नेपालको समकालीन राजनीतिक परिस्थितिमा आएको एउटा महत्त्वपूर्ण सकारात्मक परिवर्तन हो । यो नयाँ सरकारलाई सर्वप्रथम हाम्रो पार्टीको तर्फबाट म हार्दिक स्वागत र समर्थन गर्दछु ।’ उहाँले भन्नुभएको छ ।
नयाँ समीकरणको सरकारलाई शुभकामना दिनुहुँदै उहाँले नयाँ गठबन्धनलाई दायाँ बायाँ गर्ने छुट नभएको बताउनुभयो । उहाँले बाम लोकतान्त्रिक शक्तिहरू एक ठाउँमा उभिनु सकारात्मक भएकोसमेत बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #बाम लोकतान्त्रिक गठबन्धन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्