राजेन्द्र महतोले छाडे लोसपा

काठमाडौं, १४ फागुन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छोड्नुभएको छ ।
उहाँले आज पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले पार्टी परित्याग गर्दै ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा गर्नुभएको छ ।अबको क्रान्ति पुराना दल र व्यक्तिबाट सम्भव नहुने उहाँको भनाइ छ ।
उहाँले राष्ट्रिय मुक्ति आन्दोलन अभियान भएको र अहिले नै पार्टीको स्वरूप गठन गरिनसकेको बताउनुभयो ।
‘विभिन्न विचार राख्ने पार्टीका नेता, कार्यकर्ता, व्यक्ति–व्यक्तित्व अभियानमा लाग्न सक्छन्। हामी अभियान, विद्रोह र संघर्षको माध्यम हुँदै क्रान्तिमा पुग्छौं। अहिले सरकारमा रहेका पार्टीहरू तत्काल आन्दोलन, अभियानका लागि तयार देखिएन। हामी आग्रह गर्छौं, सरकार छाड, जनताको बीचमा आऊ, पहिचानको कुरा गर, संघर्षको कुरा गर,’ उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #राजेन्द्र महतोले छाडे लोसपा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्