Techie IT
मंगलबार, वैशाख ९,२०८२

मिटरब्याजपीडित भन्छन् : ‘गाउँ फर्के बैंकले समात्छ, साहूले मार्छ’


काठमाडौं, १२ फागुन । सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो । दुई साता पैदल हिँडेर काठमाडौं आउनुभएकी उहाँ मिटरब्याजपीडित हुनुहुन्छ ।

उहाँले साहूबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिनुभएको थियो । तर साहूले मिटरब्याजी हिसाबले ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बनाएर हस्ताक्षर गराए । त्यसपछि उहाँ घरवीहिन हुनुभयो ।

साहूले ९ लाख ९५ हजार बराबरको नौं धुर जग्गा लिए । चैनियादवीको घर पनि त्यही जग्गामा भएकाले घर र जग्गा दुबै साहूले कब्जा गरिदिए । ‘कब्जा गरेको घर, जग्गा बराबरको पूरा पैसा दिए मात्रै फिर्ता दिन्छु नत्र दिन्न भन्छन् साहू’, उहाँले भन्नुभयो । त्यसपछि उहाँ जिल्ला प्रहरी कार्यालय पुग्नुभयो । उजुरी दिनुभयो तर सुनुवाइ भएन् ।

विन्दु चौधरी भन्ने साहूबाट पीडित चैनियादेवी घरबारवीहिन भएपछि सरकारसँग न्यायको माग गर्दै उहाँ काठमाडौंसम्म आइपुग्नुभएको हो । ‘सरकारले घर फिर्ता नगर्ने हो भने वा बस्ने स्थानसम्मको व्यवस्था नभए म यहीँ मर्न तयार छु । सडकमै सुत्न तयार छु,’ उहाँले भन्नुभयो ।

घरमा बालबच्चालाई छाडेर न्यायको खोजीमा काठमाडौं आउनुभएकी उहाँलाई सरकारले केही गर्छ भन्ने आशा थियो तर पछिल्ला तीन दिनमा केही प्रगति नभएको उहाँको दुखेसो छ ।

उहाँले भन्नुभयो, ‘महाजन विन्दु चौधरीसँग ३ लाख ६५ हजार लिएको हुँ । ३ लाख ६५ हजारको ९ लाख ९५ हजार व्याजसहित तमसुकमा हस्ताक्षर गर्न लगाउनुभयो । हस्तक्षर गरेपछि गरेपछि नौं धूर जग्गा उहाँको नाममा गयो । घर जग्गा उहाँले नै अदालतमा केश हालेर जित्नुभयो । पूरा पैसा दिए मात्रै घरजग्गा फिर्ता दिन्छु भन्नुहुन्छ नत्र दिन्न भन्नुहुन्छ ।’

‘जिल्लाको पुलिसले केही गरेन । विन्दु चौधरी नै हो हामी माथि अत्याचार गर्ने, हामीसँग बस्न घर छैन । हामीलाई घरबाट निकालिदियो । प्रक्रिया मिलाएर हाम्रो हाम्रो घर फिर्ता गरिदिनु, हामीमाथि धेरै अत्याचार भएको छ । यस्तै, हो भने हामी घरमै फाँसी लगाएर वा विष खाएर मर्नपर्छ । हाम्रो जाने स्थान पनि छैन्,’ उहाँले विलौना सुनाउनुभयो ।

उस्तै पीडा छ महेन्द्रनगरकी पवित्रादेवी मण्डलको परिवारको पनि । न्याय पाइन्छ की भन्ने विश्वासका साथ आउनुभएको उहाँ पनि सरकारले केही गर्न नसकेको गुनासो गर्नुहुन्छ । ‘यो सरकार घुस लिएर हामी सबैलाई मार्नेतर्फ लागि रहेको छ,’ उहाँले भन्नुभयो ।

 

‘हामी त्यतिकै काठमाडौं आएका होइनौं । धेरै पीडा बोकेर आएका छौं । बैंक र गाँउ दुवैबाट पीडित छौं’, उहाँले भन्नुभयो, ‘यस्तो पीडा सरकारले किन सुन्दैन् ? बस्ने ठाउँ किन दिंदैँन् ? हामी रोडमा छौं ।’

‘गाँउमा गयो भने महाजन र बैंकले मार्छ भन्ने त्रास छ । सरकारसँग ६ बुदेँ माग राखेका छौं पूरा गरिदिनुपर्यो नि । माग पूरा नभएसम्म हामी यहीँ बस्छौं, यहीँ मर्छौ,’ उहाँले भन्नुभयो ।

धनुषाको धनुषाधाम नगरपालिका २ का जुगेन्द्र यादव पनि उस्तै समस्याबाट पीडित हुनुहुन्छ । उहाँलाई साहूले दिनुहुँ धम्क्याउने र तर्साउने गरेको बताउँनुहुन्छ । ‘जग्गा राखेर ३६ प्रतिशत ब्याजदरले दुई करोड पाँच लाख रुपैयाँ तिरेको छु । पहिला तीन प्रतिशतमा लोन लिएको हो अहिले बढाएर १३–१४ प्रतिशत पुर्‍याएको छ’, उहाँ भन्नुहुन्छ ।

 

‘अहिले जग्गा बैंकले धमाधम लिलामी गरिरहेको छ । धमक्याउने–तर्साउने गरिरहेको छ । दलालहरु घरमा पठाउँछ र धम्याउने काम भएको छ । एक लाखको पाँच पाँच लाखसम्म बनाएको छ,’ उहाँले दुखेसो सुनाउनुभयो ।

पाँच लाख लिनेहरुको ३० लाख रुपैंयाँसम्म पुर्‍याएको , साहूलाई पटक पटक गर्दै ऋण दिइसक्दा पनि जग्गा फिर्ता नगरेको उहाँको भनाइ छ । पीडित झनै पीडित भइरहेको, कानुन पालना नभएको र सरकारले पनि पीडितको मर्का नबुझेको उहाँको गुनासो छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मिटरब्याजपीडित भन्छन् : ‘गाउँ फर्के बैंकले समात्छ, #साहूले मार्छ’


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Fair
5:30 am6:33 pm +0545