मन्त्री किराँती १८ करोडको कमिसनको खेलमा लागेको सूचना छ : रामहरि खतिवडा

काठमाडौं, १३ फागुन । नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती जहाज किन्ने बहानामा कमिसनको खेलमा लागेको आरोप लगाउनुभएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै सांसद खतिवडाले जहाज खरिदमा १८ करोड कमिसनको खेल सुरू भएको सूचना पाएको बताउनुभएको हो ।
‘भर्खरै वर्तमान पर्यटनमन्त्रीले ६२ जना नयाँ कर्मचारीहरुलाई करार र ज्यालादारीमा नियुक्ति गरेर राखिएको छ । हाजिर गरेर पुग्ने गरी के गर्ने थाहा छैन् । यसका बाबजुद मन्त्री नयाँ प्लेन किन्नु पर्यो भनेर लाग्नुभएको छ । ‘थ्री हन्ड्रेड जी’ भन्ने एउटा प्लेन ल्याइँदै छ । जुन अहिले प्रोडक्सनमा छैनन् । त्यसमा झण्डै १८ करोड नेपाली पैसा कमिसन खाने खेल सूरु भएको सूचना प्राप्त भएका छन्,’ खतिवडाले भन्नुभयो ।
खतिवडाले पर्यटनमन्त्री सुदन किराती सस्तो लोकप्रियताको पछि भागेको पनि टिप्पणी गर्नुभयो ।
कार्यालय सफा गरिरहेको भिडियो सार्वजनिक भएको विषयमा बोल्दै झाडु र क्यामरा लिएर मन्त्रालयमा छिर्ने र सस्तो लेकप्रियताका लागि तस्विर सार्वजनिक गर्ने पद्दतीको विकास गरेको बताउनुभएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मन्त्री किराँती १८ करोडको कमिसनको खेलमा लागेको सूचना छ, #रामहरि खतिवडा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्