Techie IT
सोमबार, असार १६,२०८२

मन्त्री ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसमा प्रदर्शन


काठमाडौं, १० फागुन । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै देशभरका क्याम्पसहरुमा प्रदर्शन गरेको छ । अनेरास्ववियुले आज बिहान ९ बजे एकसाथ देशभरिका क्याम्पस अगाडि प्रदर्शन गरेको हो ।

बालकुमारी घटनाको सत्यतथ्य छानबिन गर्न उच्च अदालतका पूर्वन्यायधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले मन्त्री ज्वालाका कारणले घटना भएको निष्कर्ष निकालेपछि उहाँको राजीनामा माग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

यस्तै अनेरास्ववियुले काठमाडौंको कमर्स क्याम्पस अगाडि ज्वालाको राजीनामा माग्दै उहाँको पुत्ला दहन गरेको छ ।

बालकुमारी घटनाको प्रतिवेदनले दोषी देखाएका मन्त्री ज्वालाले राजीनामा दिनुपर्ने वा प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने भन्दै अनेरास्ववियुले प्रदर्शन गर्दै आएको छ ।

बालकुमारी घटनामा प्रहरीको गोली लागेर सुजन राउत र वीरेन्द्र शाहको मृत्यु भएकोको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #मन्त्री ज्वालाको राजीनामा माग


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am7:04 pm +0545