मेयर साहको हत्या गर्न सुपारी लिएका भारतीय सुटर पक्राउ

फागुन । रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहको हत्या गर्न सुपारी लिएका सुटरलाई भारतको तामिलनाडुबाट पक्राउ गरिएको छ ।
मेयर साहको हत्या गर्न भारतको कुख्यात अपराधी चञ्चल पाण्डेलाई सुपारी दिइएको प्रहरीको अनुसन्धानबाट खुलेपछि सुपारी लिने सुटरलाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पक्राउ गरेको हो ।
बाराको कलैयामा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कुलका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्या काण्डमा पक्राउ परेका भारतीय सुटर सुजित सिंहले दिएको बयानका क्रममा गौरका मेयर साहको हत्या गर्न चञ्चल पाण्डेले सुपारी लिएको प्रहरीलाई बताएका थिए ।
रुपेश सरार्फ हत्याकाण्डमा मनोज गुप्ता, अरुण यादव तथा सुजित सिंह लगायतका कुख्यात अपराधीहरू पहिले नै पक्राउ परिसकेको र हत्याको मुख्य अभियुक्त पाण्डे रहेको अनुसन्धान पछि खुलेको र प्रहरीले पाण्डेको खोजी तदारुकताका साथ गर्न थालिएपछि अपराधी भारतको तामिलनाडुमा लुकेर बसेको एक अनुसन्धान पछि जानकारी आएको थियो ।
रुपेश सरार्फ हत्याकाण्डमा पक्राउ परेका सिंहले मेयर साहको हत्या गर्न ३६ लाख ने.रु.मा ‘डिल’ भएको र चञ्चलले आधा रकम लिइसकेको अनुसन्धानको क्रममा खुलासा भएको थियो ।
रुपेश हत्याकाण्डमा पक्राउ परेका सिंहपछि प्रहरीको ‘मस्ट वान्टेड’ सूचीमा रहेका पाण्डे भारतको तमिलनाडुमा लुकेर बसेको जानकारीपछि नेपाल प्रहरी र तमिलनाडु प्रहरीले संयुक्त अपरेसन थालेर पक्राउ गरेको थियो ।
संयुक्त अपरेसनमा पक्राउ परेका पाण्डेलाई नेपाल ल्याएर थप अनुसन्धान थालिने बताइएको छ ।
गौर नगरपालिकाका मेयर साहको हत्या गराउन पाण्डेलाई कसले र किन रकम उपलब्ध गराएको हो भन्ने खुलिसकेको छैन ।
मेयर साहको हत्याको योजना बनाउने तथा हत्या गर्न रकम डिल गरी १८ लाख रुपैयाँ अपराधीलाई समेत बुझाउने व्यक्ति वा गिरोहमा को-को छन् भने केही दिनमै भन्डाफोर हुने बताइएको छ । यसबारे गौरका मेयर साहले आफू अलिकति पनि विचलित नभएको र प्रहरीले आफ्नो काम गरिरहेको प्रतिक्रिया दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #मेयर साहको हत्या गर्न सुपारी लिएका भारतीय सुटर पक्राउ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्