Techie IT
बिहीबार, फागुन १०,२०८०

फागुन १ गते सार्वजनिक बिदा छैन : गृह मन्त्रालय


काठमाडौं, माघ २९ गते । सरकारले फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जनाएको छ । गृह मन्त्रालयले सोमबार सूचना जारी गर्दै जनयुद्ध दिविको बिदा कायम नरहेको जनाएको हो ।

गृहका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसलाका आधारमा मन्त्रिपरिषद्को २०८० माघ २५ गते बसेको बैठकको निर्णय अनुसार जनयुद्ध दिवसको सार्वजनिक बिदा नदिइएको जानकारी दिनुभयो ।

नेपाल राजपत्र (खण्ड ७२, सङ्ख्या ६५, भाग ५ र मिति २०७९–१२–०२ मा प्रकाशित संवत् २०८० फागुन १ गते मङ्गलबारका लागि निर्धारण गरिएको सार्वजनिक बिदा कायम नरहेको जारी सूचनामा उल्लेख छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फागुन १ गते सार्वजनिक बिदा छैन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
Fair
6:34 am5:59 pm +0545