Techie IT
बुधबार, असार १८,२०८२

म हर्क साम्पाङको प्रशंसक हुँ: शिक्षा मन्त्री राई


धरान, माघ २९ गते । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले आफू धरान उपमहानगरपालिकाको नगर प्रमुख हर्कराज राई (हर्क साम्पाङ)को प्रशंसक रहेको बताउनु भएको छ । आइतबार केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित धरानमा विशिष्टिकृत अनुसन्धान केन्द्रिय कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला’ स्थापना गर्ने कार्यक्रममा बोल्दै शिक्षा मन्त्री राईले नगर प्रमुख राईको प्रशंसक रहेको बताउनुभयो ।

अन्य ठुला राजनीतिक दलहरूले भन्दा नगर प्रमुख राईले जनताको ढुकढुकी छामेको बताउनुभयो । भाषण गरेर मात्र होइन भाषण गर्दै काम पनि गर्नुपर्छ आज ठुला पाटीहरूले बोलाउँदा धेरै मानिसहरू आउँदैनन्  तर नगर प्रमुख राई बोलाउँदा दैनिक हजारौँ भन्दा बढी जनता आउने उहाँले बताउनुभयो ।

धरानको खानेपानी समस्या समाधान गर्न सप्तकोसीको खानेपानीको लागि सर्भेको काम सकिएको र प्रक्रियाको लागि काम अघि बढ्दै गरेको शिक्षा मन्त्री राईले बताउनुभएको छ । अहिले कोसी प्रोजेक्टको सर्भे सकिएको र कन्सल्टेन्टले रिपोर्ट खानेपानी मन्त्रालयमा बुझाइसकेको उहाँले बताउनुभयो ।

खानेपानी मन्त्रालयले २०८१–०८२ को बजेटमा योजना प्रस्ताव गर्ने ठाउँमा पुगेको छ, अहिलेको मूल्य सूची अनुसार ५ अर्ब रुपैयाँको लगानीमा कोशीमा बोरिङ गरेर त्यो पानी लिफ्टिङ गरी डाँडामा चढाइ स्टोर र फिल्टर गरी धरानको ट्याङ्कीमा झार्नेसम्मको लागत तयार भइसकेको शिक्षा मन्त्री राईले बताउनुभएको छ ।

हाम्रो देशको पहिलो प्राथमिकतामा कृषि फारमिङ पर्नुपर्ने बताउनुभयो । फारमिङ खाद्य प्रविधिहरू, एग्रिकल्चर भेटेरिनरी एनिमल टेक्नोलेजिष्टहरु लगायत हामीलाई असङ्ख्यक चाहिने हो तर यहाँ पढेकाहरूलाई समेत राख्न नसकेको अवस्था छ । हाम्रो देशमा अध्ययन गरेकाहरू प्नि बाहिर जान बाध्य छन् अब नेपालमै बस्ने वातावरण मिलाउँदै जाने उहाँले बताउनुभयो ।

नास्ट कलेजको प्रदेश स्तरीय कार्यालय धरानमा राख्नु राम्रो भएको नगर प्रमुख हर्कराज राईले बताउनुभयो । धरानले प्रविधिलाई अत्यन्तै अगाडी बढाउन चाहेको उहाँले बताउनुभयो । धरान आधुनिक सहर हो, आधुनिक भन्ने बितिनै प्रविधि मैत्री रहेको उहाँले बताउनुभयो । धरानलाई आधुनिक मैत्री बनाई राख्ने हो भने प्रविधि मैत्रीलाई महत्त्वपूर्ण स्थान दिनुपर्ने बताउनुभयो । यसको लागी धरान नगरपालिकाले र नगर प्रमुखको हैसियतले सकेको गर्ने प्रतिबद्धता गर्नुभयो ।

विशिष्टिकृत अनुसन्धान केन्द्र स्थापना गरेर अत्याधुनिक प्रविधिको प्रयोग गरेर कृषि उत्पादनमा वृद्धि गर्नु  कृषि तथा खाद्य प्रविधि योजना उन्मुख कार्यशाला’ को मुख्य उद्देश्य रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको उपकुलपति प्रा.डा. दिलीप सुब्बाले बताउनुभयो ।

यो कार्य नास्ट एक्लैले गर्ने होइन प्रदेश र स्थानीय सरकार सँग समन्वय गरेर गर्ने बताउनुभयो । कृषि र खाद्य उत्पादन संरक्षण गर्न धरान कार्यालयमा ल्याब, फुड टेक्नोलोजी राखिने बताउनुभयो । एक दशक अघि देखि नै नास्टले भौगोलिक हिसाबले आफ्ना कार्यालय स्थापना गरेर विज्ञान तथा प्रविधिको सहयोगबाट राष्ट्रको विकास गर्नुपर्छ भनेर छलफल गरिएको उपकुलपति प्रा.डा. सुब्बाले बताउनुभयो ।

२०७८ सालमा नास्टको प्रशासन मार्फत सबै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय पारित भएको हो तर बजेट प्राप्त नभएकोले अगाडी नबढेको हो  अहिले योजना बढ्दै छ गत वर्ष ५ प्रदेशमा यो अहिले कोशिमा हुँदै छ भने अब कर्णाली बाँकी रहेको उहाँले बताउनुभयो ।

कोशी प्रदेशमा खाद्य प्रविधि, मधेस प्रदेशमा चुरे संरक्षण प्रविधि, बागमतीमा सहरी विकास र गण्डकीमा हरित अर्थतन्त्रको प्रविधि राखिएको उहाँले बताउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अशोककुमार राई, #म हर्क साम्पाङको प्रशंसक हुँ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:10 am7:04 pm +0545