गठबन्धन सरकार आत्मसमर्पणवादी र विदेशीको लागि कम्फरटेबल : ईश्वर पोखरेल

काठमाडौं, २७ माघ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकार असक्षम र देश विरोधी भएको बताउनुभएको छ ।
एमाले टोखा वडा नं ४ को दोस्रो वडा अधिवेशन शनिबार काठमाडौंमा उद्घाटन गर्नुहुँदै उहाँले सरकार देश विकासको बाधक भएको बताउनुहुदै अहिलेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता जोगाउनको लागि जस्तोसुकै राष्ट्रघात र सम्झौता गर्न पछि नपर्ने टिप्पणी गर्नुभयो ।
सरकारले आर्थिक, कूटनीतिक, विकास, सुशासन कुनै पनि क्षेत्रमा पनि नागरिकमा आशा जगाउन नसकेको बताउनुभयो । गठबन्धन सरकार बहुआयामिक रूपमा असफल भएको उहाँको टिप्पणी छ ।
राष्ट्रवादी शक्तिलाई कमजोर बनाएर आत्मसमर्पणवादीले विदेशीको लागि कम्फरटेबल सरकार चलाइरहेका बताउनुभयो । विकास र समृद्धिका सपना देख्नेलाई छेउ लगाएर विकास खानेको हातमा अहिले सत्ताको बागडोर पुगेको भनाई छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले कर्णालीको हिल्सालाई अन्तर्राष्ट्रिय नाकाका रूपमा विकास गर्ने, कर्णाली कोरिडोरलाई राष्ट्रिय गौरवको आयोजनाका रूपमा अधि बढाउने काम गरेको भए पनि अहिलेको सरकारसँग विकासको कुनै योजना नभएको टिप्पणी गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्