माओवादीका सबै नेताको सम्पति सार्वजनिक गरौं : विप्लव

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले सत्तारुढ दलमा रहेका नेताहरुको सम्पति सार्वजनिकरण गरे अहिले बाहिर आएको मुख्य समस्या समाधान हुने बताएका छन् ।
पार्टीले रुपन्देहीमा शनिबार आयोजना गरेको वर्तमान परिस्थिति र नेपाली विशेषताको समाजवाद विषयक सर्वपक्षीय अन्तरसंवादमा उनले खासगरी माओवादी आन्दोलनबाट जन्मेर अहिले सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रका नेताहरुबाट त्यसको सुरुवात गर्नुपर्ने उनले बताए ।
‘हिजो जनयुद्ध गरेर सरकारको नेतृत्वमा रहेको माओवादी केन्द्रका सबैनेता कार्यकर्ताहरुको सबै सम्पति सार्वजनिक गरे समस्याको जड पत्ता लागिहाल्छ, पैसोको चलचेल भएकैले राजनीति बिग्रेको हो, राजनीतिमा रकमको लेनदेनले ध्वस्त बनाएको छ, सत्तालाई शासन गर्ने थलो बनाइयो सेवा गर्ने साधन बनाएर गएमात्रै सुधार्न सकिन्छ । कम्युनिस्टहरू सत्तामा पुगेपछि बिग्रेका धेरै प्रमाण हामीले देखेका छौं’ नेता विप्लवले भने ।
देशका धेरै नागरिकले भरोसा गरेको कैयन माओवादीका नेताहरु सत्तालिप्सा र स्वार्थका कारण बिग्रेको र पार्टी पनि उनीहरुको योजनामा अघि बढेको उनको विश्लेषण थियो । ‘श्रमिक, जनजाति, पछाडि पारिएको वर्गको मुद्दा उठाएको हिजोमो माओवादीका नेता कार्यकर्ताको अहिलेको अवस्था कस्तो छ रु लुकाउनुपर्दैन सबै प्रष्ट छ, अरू त अरू माओवादीका नेता कार्यकर्तालाई कुटोकोदालो गनाउन थालेकोछ, श्रम गर्ने चलन हरायो, युवा पलायनबाट अझै ध्वस्त हुँदैछ, नेपालमा केही छैन भन्ने सन्देश हटाउm’ महासचिव विप्लवले भने ।
उनले अहिलेको अवस्थामा आफूहरुले नेपाली मोडलको वैज्ञानिक समाजवादबाट मुलुकलाई अगाडि बढाउन सकिने पार्टीको स्पष्ट धारणा रहेको कुनै न कुनै माध्यमबाट नेपाली जनताको सेवा गरेर देखाउने दृढ संकल्पका साथ अगाडि बढेको बताए ।
‘हामीले केही न केही गरेर देखाउँछौं, ५ वर्ष जिम्मा दिइयोस्, धेरै पनि मागेका छैनौ, देश बनाउन के गर्नुपर्छ भन्ने सुत्र तयार गरेका छौं, जनमतसंग्रहबाट हुन्छ कि अरु कुनै माध्यमबाट हुन्छ, यहाँको नेतृत्व गरेर जाने संकल्प गरेका छौं, हामी जोतिन तयार छौं’ विप्लवले भने–‘अब त्यसमा ढिलाई गरे देश दुर्घटनामा जानसक्छ, नेपाली नागरिकलाई यो भन्दा धेरै पीडा नदिऔं ।’ अहिले देशमा दुई मुख्य विषयलाई हेर्ने प्रष्ट धारणाहरु अन्य पार्टीमा समस्या रहेको उनको तर्क छ ।
‘साम्राज्यवादी र दलाल पूँजिपतिलाई हेर्ने धारणामा समस्या छ । हामीले वैज्ञानिक समाजवाद अंगालेका छौं तर यसमा पनि प्रश्न उठेका छन्, हामी त्यसमा पनि छलफल गर्न तयार छौं, सहकार्य गर्न तयार छौं । निकासका लागि वातावरण बनाउन थप लचक हुन तयार छौं ।’ उनका अनुसार सबैभन्दा उत्तम व्यवस्था वैज्ञानिक समाजवाद भएको र त्यसको नेपाली मोडल आफूहरुले तयार गरेको उनले बताए ।
नेता विप्लवले चार मित्र शक्ति र चार मित्र वर्ग बनाएर जाने पार्टीको स्पष्ट रणनीति रहेको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेताको सम्पति सार्वजनिक गरौं : विप्लव
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्