नारायणगढ–मुग्लिन सडक थप तीन साता दिउँसोको समयमा बन्द हुने

नारायणगढ, १९ माघ । नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन साता दिउँसोको समयमा बन्द हुने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।
बिहीबार जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्ने निर्णय गरिएको नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड नारायणगढ–मुग्लिनका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तिम पटकका लागि तीन साता सडक बन्द गरेर काम गर्न लागिएको हो ।
मुग्लिन नजिक तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न पुस ७ गतेदेखि सो सडक मध्याह्न १२ बजेदेखि दिउँसो चार बजेसम्म बन्द हुँदै आएको छ । सुरुमा पुस २८ सम्मका लागि भनेर पहाड काट्न बाटो बन्द भएको थियो ।
यो समयमा काम नसकिए पछि माघ २० सम्मलाई समय थपिएको थियो । तर काम सम्पन्न नभएपछि फेरि म्याद थप गरिएको हो ।
पुन थप भएको समय अनुसार फागनु १२ गतेसम्म दिउँसोको समयमा सडक बन्द हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #नारायणगढ–मुग्लिन सडक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्