बोहराटारको गोल्डेन होराईजन स्कुलमा आँखाशिविर, ४०३ व्यक्तिको निःशुल्क आँखाजाँच

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १६ बालाजुटारमा निःशुल्क आँखाशिविर सम्पन्न भएको छ ।
बालाजुटार टोल सुधार समाजको आयोजना तथा धुलिखेल अस्पताल, नेत्रधाम आई केयर सेन्टर प्रालि र गोल्डेन होराईजन एकेडेमीको सहयोगमा आज गोल्डेन होराईजन स्कुलमा आयोजित आँखाशिविरमा ४०३ व्यक्तिले निःशुल्क आँखा जाँच गर्नुभएको हो ।
विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालित आँखा शिविरमा आँखा जाँच, निःशुल्क औषधी वितरण, स्वास्थ्य परामर्श र माक्स वितरण गरिएको स्कुलका प्राचार्य महेन्द्र वस्तीले जानकारी दिनुभयो ।
उक्त शिविरमा धुलिखेल अस्पतालका डाक्टरले आँखा जाँच गर्नुभएको थियो भने नेत्रधाम आई केयर सेन्टरले आँखा जाँच गर्ने स्वास्थ्य उपकरण प्रदान गरेको थियो । शिविरमा बालाजु, बोहोराटार, वनस्थली क्षेत्रका जनताले आँखा जाँच गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्