Techie IT
आईतबार, वैशाख ९,२०८१

एमाले तारकेश्वर २ को अधिवेशन सम्पन्न , संजय ढकालको अध्यक्षतामा १७ कार्यसमिति सर्बसम्मत


तारकेश्वर काठमाडौ । ने क पा एमाले तारकेश्वर वडा नं २ को अधिवेशन सम्पन्न भएको छ । नेकपा एमाले पोलीटब्यूरो सदस्य एवं काठमाडौं ईन्चार्ज आनन्द पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अधिवेशनले संजय ढकालको अध्यक्षतामा सर्वसम्मत १७ सदस्यिय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा अनुज फुँयाल, सचिवमा अर्जुन भण्डारी , उपसचिवमा शालिकराम ढकाल , महिला उपसचिवमा कविता अधिकारी चयन हुनु भएको छ ।

कार्यक्रममा प्रदेश कमिटि सदस्य तथा नगर ईन्चार्ज सितारमा रेग्मी , प्रदेश कमिटि सदस्य किरण शर्मा , प्रदेश सभा सदस्य अमन मास्के , जिल्ला अध्यक्ष दीपक निरौला , नगरकमिटिका पदाधिकारीहरु , एमाले नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थीती रहेको थियो ।

हेर्नुहोस नामावली

 

 

 

 


क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वर २ को अधिवेशन सम्पन्न, #संजय ढकालको अध्यक्षतामा १७ कार्यसमिति सर्बसम्मत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
30°
Fair
5:32 am6:32 pm +0545