एमालेले तोक्यो जिल्ला कमिटीका उम्मेदवारको मापदण्ड

काठमाडौं, ४ माघ । नेकपा (एमाले)ले जिल्ला कमिटीका लागि उम्मेदवारहरुको मापदण्ड तोकेको छ ।
एमाले महासचिव शंकर पोखरलेले प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गर्दै उम्मेदवारहरुको मापदण्ड तोक्नुभएको हो । एमाले जिल्ला कमिटीको अधिवेशन सुरु भएको छ ।
जसका लागि केन्द्रले परिपत्र गर्दै पार्टीको विधान अनुसार जिल्ला र सो मातहतका कमिटीको पदाधिकारी तथा सदस्य पदका लागि उम्मेदवार हुने मापदण्ड तोक्ने अधिकार सम्बन्धित तहको अधिवेशनलाई प्रदान गरिएको भएपनि कतिपय ठाउँमा मापदण्ड नतोकी अधिवेशन गर्ने गरेकाले केन्द्रले नै तोकेर पठाएको एमालेले जनाएको हो ।
महासचिव पोखरेलले जारी गर्नुभएको परिपत्र अनुसार जिल्ला कमिटीको पदाधिकारी पदमा उम्मेदवार हुन पार्टी सदस्य भएको ५ वर्ष पुगेको हुनुपर्ने छ । यस्तै एक कार्यकाल जिल्ला कमिटीको सदस्य वा सो सरहको भूमिका निर्वाह गरेको हुनुपर्ने छ ।
जिल्ला कमिटीमा सदस्यको उम्मेदवार हुन पार्टी सदस्यता लिएको ३ वर्ष पूरा गरेको वा पालिका कमिटी सदस्य वा वडा पदाधिकारी भई एक कार्यकाल काम गरेको हुनुपर्ने परिपत्रमा उल्लेख छ ।
यस्तै प्रतिनिधिसभा सदस्य, राष्ट्रियसभा सदस्य, प्रदेशसभा सदस्य, पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडाअध्यक्ष जिल्ला कमिटीको अध्यक्ष तथा सचिव पदमा उम्मेदवार बन्न नमिल्ने यसअघिको केन्द्रीय कमिटीले निर्देशन दिएको थियो । यसअघि सम्पन्न भएका एमाले प्रदेश अधिवेशनमा पनि अध्यक्ष र सचिव पदमा जनप्रतिनिधिहरुले उम्मेदवार हुनु पाउनुभएको थिएन ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #एमालेले तोक्यो जिल्ला कमिटीका उम्मेदवारको मापदण्ड
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्