धर्मदेवीमा पुर्वराज्यमन्त्री खड्काले गरे तेस्रो टुवोर्ग माघेनी गोल्डकपको उद्घाटन

धर्मदेबी | संखुवासभा जिल्लाको धर्मदेबी नगरपालिका वडा न.८ को बिरमैदानमा वडा खेलकुद बिकास समिती को आयोजना तथा नगर खेलकुद बिकास समितिको सहआयोजनामा तेस्रो टुवोर्ग माघेनी गोल्डकपको विधिगत उद्घाटन भएको छ।
संखुवासभा जिल्ला प्रतिनिधिसभा सदस्य तथा पुर्व राज्यमन्त्री दिपक खड्काले पानसमा बत्ती बालेर साथै मुख्य रेफ्रीलाई फुटबल हस्तान्तरण गरेर आयोजनाको उद्घाटन गरेका हुन् । उक्त उद्घाटन कार्यक्रममा बोल्दै सांसद खड्काले खेल क्षेत्र संगै अन्य बिकासलाई समेत अगाडि बढाउदै लानुपर्ने मुख्य जिम्मेवारी स्थानीय सरकारको समेत रहेको बताएका छन् ।
संघबाट आएका बजेट कार्यनयन गर्न धर्मदेबिले आलटाल गरेको आरोप समेत खड्काले लगाएका छन् ।
कार्यक्रममा सांसद खड्का संगै पाँचखपन नगरपालिका प्रमुख बिपिन राई,धर्मदेबी उपप्रमुख तारा महत भट्टराई ,धर्मदेबी नगरपालिकाका वडा अध्यक्षहरु ,कार्यपालिका सदस्य साथै विभिन्न राजनैतिक दल प्रतिनिधि ,स्थानीय जनप्रतिनिधि संगै विभिन्न संघ संस्था प्रतिनिधि हरुको आतिथ्यता रहेको थियो।
तिन गतेदेखी सुरु भएको आयोजनामा कोशी प्रदेशबाट आठ ओटा पालिकाको सहभागीता रहने आयोजकले जनाएको छ। प्रतियोगितामा बिजेता समुहले नगद रु एक लाख पच्चिस हजार र उपबिजेता टिमले रु पचहत्तर हजार संगै दुबै समूहले ट्रफी ,मेडल प्राप्त गर्नेछन् ।
साथै व्याक्तिगत बिधातर्फ उत्कृष्ट गोलरक्षक ,उत्कृष्ट खेलाडी,सर्वाधिक गोलकर्ता,उत्कृष्ट टिम प्रशिक्षक हरुलाइ जनही रु पाँच हजार प्रदान गरिने वडा खेलकुद बिकास समितिले जनाएको छ। प्रतियोगिता संचालन भरी खेलाडीहरुलाई खान तथा बस्नको व्यवस्था समेत आयोजकले गरेको छ।
आज भएको मादी नगरपालिका र इनरुवा नगरपालिका बिच उद्घाटन खेलमा एक गोलका बिरुद्ध तीन गोल गर्दै मादी नगरपालिकाले आफ्नो समुहलाई अगाडि बढाएको छ। प्रतियोगिताको फाईनल खेल छ गते भएर आयोजना समापन हुने आयोजकले जनाएको छ।
क्याटेगोरी : खेलकुद, समाचार, खेलकुद
ट्याग : #hot, #खेल्कुद, #टुवोर्ग माघेनी गोल्डकप, #धर्मदेवी नगरपालिका, #माननीय दिपक खड्का, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्