जेष्ठ नागरिक र अपाङ्गता भएकालाई निशुल्क लठ्ठी सहयोग

तानसेन, माघ २ गते । पाल्पाका जेष्ठ नागरिक र फरक क्षमता भएकाहरूलाई निशुल्क लठ्ठी प्रदान गरिएको छ । जिल्लाको बगनासकाली गाउँपालिकाभित्रका तीन हजार पाँच सय बढी जेष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई लठ्ठी (लौरो) निशुल्क प्रदान गरिएको हो ।
बगनासकाली–२, का समाजसेवी पदम रानाले जेष्ठ नागरिक र फरक क्षमता भएका नागरिकलाई लठ्ठी प्रदान गर्नुभयो । बगनासकालीका नौँ वटै वडामा पुगेर रानाले लौरो प्रदान गर्नुभएको हो ।
जेष्ठ नागरिक हिँड्न, डुल्न प¥यो भने त्यसको साहारा लठ्ठी हो, त्यसैले उहाँहरूलाई केही साहारा पुगोस् भनेर लठ्ठी सहयोग गरेको समाजसेवी रानाले बताउनुभयो । उहाँले गाउँमा अभाव र दवावबीचमा बसेका अपाङ्गता भएका नागरिकलाई समेत आफूले साहारा मिलोस् भनेर लठ्ठी प्रदान गरेको बताउनुभयो ।
“लठ्ठी सुन्दा सानो बस्तु होला तर असाहाय, जेष्ठ नागरिक र अपाङ्गता भएकाका लागि ठूलो साहारा हो”, उहाँले भन्नुभयो । लठ्ठी पाएपछि जेष्ठ नागरिक खुसी भएका छन् । बुढेशकाल प्रवेश गरेपछि समाज र परिवारबाट साहाराको आशा गरेका बेला लठ्ठी पाउँदा खुसी लागेको बगनासकाली–३, नायरकी ९२ वर्षीया सूर्यकुमारी कुँवरले बताउनुभयो । उमेरका कारण कसैको साहाराको आशामा बाँचेकाले लठ्ठी पाउँदा धेरै खुसी लागेको उहाँले बताउनुभयो ।
समाजसेवी रानाले जिल्लाका दश बढी विद्यालयमा २५ लाख बढीको अक्षयकोषसमेत स्थापना गर्नुभएको छ । विभिन्न विद्यालयमा अध्ययन्रत विपन्न विद्यार्थीलाई अध्ययन्मा सहयोग पु¥याउने गरी आफूले अक्षयकोष स्थापना गरेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अपाङ्गता भएका महिला महासङ्घ, #जेष्ठ नागरिक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्