मन्दिरमा तोडफोड र आगजनी

स्याङ्जा, पुस २७ गते । भीरकोट नगरपालिका —९ मा रहेको नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समूहले आगजनी तथा तोडफोड गरेका छन् । भीरकोट नगरपालिकाको उच्च भूभागमा रहेको धार्मिक स्थलको रूपमा यो मन्दिरलाई चिनिन्छ ।
वडा अध्यक्ष भीम गुरुङले मन्दिरको मूर्ति, हतियार, घण्टी लगायतका सामग्रीमा तोडफोड भएको र जलेको बताउनुभयो । दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए ।
जनप्रतिनिधिको र स्थानीयको रोहोवरमा प्रहरीले मुचुल्का उठाएको छ । घटनाको प्रकृति हेर्दा त्रिसुल र घन प्रयोग गरेर मन्दिर तोडफोड भएको देखिन्छ । मट्टितेलको प्रयोग गरेर आगजनी भएको गुरुङले बताउनुभयो ।
घटनामा भएको क्षति र विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #मन्दिरमा तोडफोड र आगजनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्