मुगुमा नूनको कोटा बढाउन माग

२५ पुस, मुगु । सरकारले मुगुमा आउने नूनको कोटा नबढाउदा मुगालीहरुले प्रयाप्त मात्रामा नून पाउन सकेका छैनन् । पछिल्लो १२ वर्षदेखि नूनको कोटा बढेन नबढेको भन्दै सरोकारवाला निकायले कोटा बढाउन माग गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मङ्गलबार बसेको सर्वदलीय सर्वपक्षीय बैठकमा जनताले नूनको लागि सास्ती पाउनुका साथै आवश्यकता अनुसारको नून नपाएको गुनासो उठेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष राजबहादुर मल्लले नागरिकता देखाएर पाँच पाकेट नून पाइने भन्दै रू ५० को नून लिन सदरमुकाम बाहिरका जनताले रू पाँच सय बढी खर्च गर्नु परिरहेकाले वडास्तरबाटै नून वितरणको व्यवस्था मिलाउन सुझाव दिए ।
बैठकमा उठेका प्रश्न तथा गुनासोबारे आफू जानकार भएको प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले बताए । उनले जिल्लामा २०६८ सालको जनसङ्ख्यालाई आधार मानेर प्रति व्यक्ति पाँच पाकेटका हिसाबले कोटा निर्धारण गरी नून उपलब्ध हुँदै आएको जानकारी दिए ।
‘नूनको कोटा २०६८ को जनगणना अनुसार छ । सरकारले २०७८ को जनगणना अनुसार कोटा निर्धारण गर्नुपर्छ । कोटा पुरानो, जनसङ्ख्या नयाँ भएकाले पनि थप समस्या भएको हो’, प्रजिअ केसीले भने, ‘पहिला जिल्लामा कम जनसङ्ख्या थियो, अहिले बढे्को छ । बढे्को जनसङ्ख्याका आधारमा नूनको कोटा निर्धारण हुनु पर्दछ ।’
केसीका अनुसार २०७८ को जनगणना अनुसार जिल्लाका लागि नूनको कोटा निर्धारण गर्न मन्त्रालय र साल्टट्रेडिङ कर्पोरेसनलाई अनुरोध गर्दै सर्वपक्षीय बैठकबाट निर्णय गरेर पठाउन सर्वपक्षीय बैठकको आयोजना गरिएको हो । सरकारले जिल्लाका लागि दुई हजार नौ सय ७० क्विन्टल नून वार्षिक कोटा छुट्याउँदै आएको छ ।
पालिका अनुसार हेर्दा खत्याड र सोरु गाउँपालिकाका लागि वार्षिक एक हजार सात सय ७० क्विन्टल र मुगुम कार्मारोङ गाउँपालिका र छायानाथ रारा नगरपालिकाका लागि एक हजार दुई सय क्विन्टल नून वार्षिक कोटा छुट्याइको प्रजिअ केसीले जानकारी दिए ।
उनका अनुसार २०६८ को जनगणना अनुसार यहाँको जनसङ्ख्या ५५ हजार दुई सय ८६ थियो भने २०७८ अनुसार जनसङ्ख्या बढेर ६४ हजार पाँच सय ४९ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #मुगुमा नूनको कोटा बढाउन माग
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्