भासिएको कमला पुलको पुन निर्माण गरिने

सिरहा, पुस २५ गते । हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भासिएको पुलको पुनः निर्माणको कार्य आगामी माघ २ गतेदेखि सुरु हुने भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’बीच मङ्गलबार आगामी असार अगावै पुलको सञ्चालन गर्ने गरी कार्ययोजना सम्झौता भएको हो ।
सम्झौताअनुसार भासिएको कमला पुलको पुनः निर्माणको काम तीव्रताका साथ हुने निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले जानकारी दिनुभयो । “पुल पुनः निर्माणमा विविध समस्या थिए, हामीले निर्माण कम्पनीसँग बसेर कार्ययोजना बनाएका छौँ”, प्रमुख महतोले भन्नुभयो, “सोही कार्ययोजनाअनुसार तोकिएकै समयमा पुलको बाँकी निर्माण कार्य सम्पन्न हुन्छ ।”
कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनः निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक संकटका कारण सुस्त रहेको थियो । “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङ्को काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक संकट हुन गई निर्माण कार्य ढिला हुन गयो”, थापाले भन्नुभयो, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु ।”
वि.सं.२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो । पटक-पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला वि.सं.२०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो ।
पुल निर्माणमा कम्पनीको लापरबाही देखिएपछि निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ लार्ई हटाएर ‘लुम्बिनी बिल्डर्स’लाई काम सम्पन्न गर्ने जिम्मेवारी दिइएको थियो । यही बीचमा वि.सं.२०७९ चैत १५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री रहेका बेला वर्तमान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राविधिक टोलीसहित स्थलगत निरीक्षणपछि एक सातामा पुलको पुनः निर्माण कार्य सुरु गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको थियो ।
मन्त्री श्रेष्ठको निर्देशनपछि निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनः निर्माण गर्ने गरी काम सुरु गरेको थियो । कमला नदीमा बढेको पानीको बहावका कारण पुल पुनः निर्माणको काम असार नलाग्दै रोकिएको थियो । तराई मधेसको ‘लाइफ लाइन’का रुपमा हेरिएको हुलाकी लोकमार्ग मधेस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीको राष्ट्रिय गौरवको आयोजना हो । यस लोकमार्ग अन्र्तगत कमला पुल समयमा नबन्दा वर्षाैदेखि स्थानीय सास्ती खेप्न बाध्य छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ## breakingnews, #कमला पुल
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्