त्रिवि उपकुलपति माग्दै फेरि दरखास्त आह्वान

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दोस्रो पटक दरखास्त आह्वान भएको छ।
त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्त गर्न लागिएको छ।
यसअघि निकालेको सूचनामा उपकुलपतिको अनुभवसम्बन्धी बुँदालाई लिएर विवाद भएपछि उक्त सूचना रद्द गरिएको थियो।
प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल प्रचण्डले उपकुलपति अनुभवसम्बन्धी बुँदा हटाएर दायरा फराकिलो हुने गरी सूचना जारी गर्न सहकुलपतिसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईलाई निर्देशन दिएका थिए।
प्रधानमन्त्री दाहालले त्रिवि उपकुलपति नियुक्तिमा राजनीतिक भागबन्डा नहुने बताइरहेका छन्।
त्रिवि उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले सूचना सच्याउँदै सोमबार पुन: गोरखापत्रमा त्रिवि उपकुलपति माग गर्दै दरखास्त आह्वान गरेको हो।
त्रिवि उपकुलपति नियुक्ति गर्न ढिलाइ हुँदा कार्यवाहक उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ। भुसाल त्रिविका शिक्षाध्यक्ष हुन्।
उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि गत कात्तिक १६ गते सकिएको थियो।
विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।
कुलपतिसमेत रहेका प्रधानमन्त्री दाहालले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, #त्रिभुवन विश्वविद्यालय
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्