“विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा श्रष्टा सम्मान , साहित्य गोष्ठी कार्यक्रम सम्पन्न”

काठमाडौं । विश्व नेपाली साहित्य प्रज्ञाप्रतिष्ठानद्वारा स्रष्टा सम्मान एवम साहित्य गोष्ठीको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । पूर्व मन्त्री हरिप्रसाद न्यौपाने प्रमुख अतिथि रहेको उक्त समारोहका सभापति संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईं हुनुहुन्थ्यो।
उक्त समारोहमा प्रमुख अतिथि,सभाध्यक्ष र विशेष अतिथिहरुद्वारा बेलायतमा बस्दै आउनु भएका भाषा, साहित्य अनि संस्कृतिमा लामो समय देखि समर्पित स्रष्टा नीलहरि घिमिरेलाई सम्मान गरिएको थियो, साथै उक्त अवसरमा घिमिरेलाई संस्थाको विशिष्ट सदस्यता समेत प्रदान गरिएको थियो।
प्रमुख अतिथिको आसनबाट बोल्दै पूर्व मन्त्री हरिप्रसाद न्यौपानेले विदेशमा रहेर सदैव स्वदेशको माया सजाउने आफ्नो भाषा, संस्कृति अनि धर्मको सुवास फैलाउने निलहरि घिमिरे जस्ता श्रष्टाको सम्मान हुनु धेरै खुसीको कुरा हो भन्दै सुन्दर साहित्यिक गोष्ठीले कार्यक्रमलाई अझ गरिमामय अनि अर्थपूर्ण बनाएको भन्दै आफ्नो अभिमत राख्नु भयो।
कार्यक्रमका सभापति गोपीकृष्ण प्रसाइले सम्मानित व्यक्तित्व घिमिरेले बेलायत, थाइल्यान्ड र बर्मामा बसेर आफ्नो भाषा, साहित्य, संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई भाषा अनि संस्कृति सिकाउने गुरुको शसक्त भूमिका खेलेको भन्दै बेलायतमा रहंदा आफुले पनि घिमिरेजस्ता श्रष्टासंग सहकार्य गर्दै भाषा, साहित्यको क्षेत्रमा केही गर्न सकेको कुरा बताउनु भयो।साथै वहाँले घिमिरेको भाषा अनि संस्कृतिप्रतिको समर्पणलाईआफुले नजिक बाट बुझेको कुरा बताउनु भयो।
सम्मनित अतिथि घिमिरेले आफुलाई यस्तो भव्य समारोहमा सम्मान गर्ने विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको माया बोकेर केही दिनमा बेलायत फर्किने अनि नेपाली, भाषा, संस्कृतिको जगेर्नामा सक्रियता साथ जीवनभर लागिरहने प्रण समेत गर्नु भयो। वहाँले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान युरोप च्याप्टरमा आफू अझ जिम्मेवार भएर अघि बढ्ने वाचा समेत गर्नु भयो।
त्यस्तै विशेष अतिथि पूर्व राजदूत प्रह्लादकुमार प्रसाईले बेलायातमा रहेर निलहरि घिमिरेले देखाएको भाषा,साहित्य, संस्कृति प्रतिको लगावको तारिफ गर्नु भयो।वहाँले घिमिरेको सत्कर्मले अरुलाई पनि प्रेरणा मिल्ने बताउंदै साहित्य गोष्ठीमा वाचित कविताहरु उच्च कोटीका रहेको समेत टिप्पणी गर्नु भयो।
विशेष अतिथिद्वय प्रसाई कल्याणकारी कोषका उपाध्यक्ष श्रीकृष्ण प्रसाईअनि घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशीले सम्मानित व्यक्तित्व घिमिरेले धर्म, संस्कृति प्रति देखाएको समर्पणले सबैमा उत्साहको सन्चार गरेको छ भनेर आफ्नो भनाईहरु राख्नु भयो।
अतिथिहरु नोबेल साकोस साहित्य संस्थाका संयोजक साहित्यकार राजनप्रसाद न्यौपाने, समाजसेवी कृष्णमान श्रेष्ठले पनि साहित्यिक माहोलमा अवतरित भैरहेको मन संस्कृतिको मुर्छनाले झनै तरंगित हुन पुगेको बताउनु भयो।
विश्वहिन्दु महासंघका कावा अध्यक्ष एवम संस्थाकी वरिष्ठ सदस्य अस्मिता भन्डारीले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको बहुआयामिक गतिविधि,घिमिरेलाई गरेको सम्मान कार्यक्रम अनि साहित्य गोष्ठीको मुक्त कन्ठले तारिफ गर्नु भयो। कार्यक्रममा संस्थाकी सचिव कोपिला शिवाकोटीले स्वागत गान प्रस्तुत गर्नु भयो।
साहित्यगोष्ठी अन्तर्गत सुन्दर कविताहरु प्रस्तुत भएका थिए।
कविहरुका एक से सृजनाहरुबाट काठमाडौंको चिसो मौसमपनि न्यानो भएको अनुभुत हुन्थ्यो। सृजना वाचन गर्ने श्रष्टाहरुमा तारा सुवेदी,राजनप्रसाद न्यौपाने, राधिका दाहाल, अस्मिता भन्डारी, अविकेशर ओली,सीता पौडेल अर्चना,कोपिला शिवकोटी लगायतका हुनुहुन्थ्यो।
कार्यक्रमलाई व्यवस्थित बनाउन संस्थाका सल्लाहाकार किशोर उप्रेती, महासचिव पुकार तिमिल्सिना,सहकोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ,सदस्यहरु तिर्थराज दाहाल, राधिका दाहाल, पवनकुमार प्रसाईले उम्दा भुमिका खेल्नु भएको थियो।
कार्यक्रम्मा अतिथिको रुपमा पूर्व शिक्षक सोमनाथ निरौला,सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी केन्द्र घट्टेकुलोका उपाध्यक्ष एवम महासचिव क्रमस ध्रुब प्रसाई, देविदास भट्टराई, समुदायिक प्रहरी घट्टेकुलोका इन्चार्ज रन्जय खड्का, जेष्ठ नागरिक मन्च वार्ड नं २९ का अध्यक्ष ध्रुब केसी,संस्थाका आजीवन सदस्यहरु सीता प्रसाईं, भीष्म थपलिया लगायत समाजसेवी व्यक्तित्वहरु खगेन्द्र पाठक,नन्दकुमार पाठ्क,बुद्धिप्रसाद आचार्य,श्यामकृष्ण खड्गी,नवीन लिम्बू,बद्री मैनाली,किशोर शिवकोटी,हर्क गुरुङ,सरोज राई आदिको सारगर्भित उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्