भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा, परराष्ट्रमन्त्रीद्धारा स्वागत

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुगेका छन् । उनी केहीबेर अघि भारतीय वायु सेनाको विशेष विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।
विमानस्थलमा विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउदसहित परराष्ट्रका अधिकारीहरूले स्वागत गरेका छन् । विदेशमन्त्रीका रुपमा जयशंकरको यो दोस्रो नेपाल भ्रमण हो ।
यसपटक उनी नेपाल–भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन नेपाल आएका हुन् । त्यसक्रममा विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपालबाट भारतमा आगामी दश वर्षमा १० हजार मेगावाट विद्युत व्यापारका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।
उनको टोलीमा भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रा, नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवलगायत उच्च अधिकारीहरू रहेका छन् ।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला भएका सम्झौताहरू कार्यान्वयनका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री जयशंकरले काठमाडौंमा रहँदा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
क्याटेगोरी : समाचार
ट्याग : ##breaking news, ##भारतीय विदेशमन्त्री जयशंकर काठमाडौँमा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्