निर्धारित समयमा महाधिवेशन गर्न नसकिने, देउवाको कार्यकाल एक वर्ष थपिने
काठमाडौं । निर्धारित समयमा केन्द्रीय महाधिवेशन गर्न नसकिने निष्कर्षका साथ काँग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन गर्न सकिने दाबी गर्दै नेतृत्व कामै नगरी कार्यकाल बढाउन लागेको आरोप लगाएको छ ।
महाधिवेशन, पार्टीका तल्ला तहका संरचना गठन, विभाग केन्द्रीय कार्यसमिति र म्याद सकिएका भातृ संस्थाको अधिवेशन तथा तदर्थ समिति गठन लगायतका विषयमा छलफल गर्न देउवाले आफू निकटको बैठक बोलाएका थिए ।
बैठकले कार्यकाल एक वर्ष लम्ब्याउने र ०७७ फागुनभित्र महाधिवेशन गर्न तयारी थाल्ने निष्कर्ष निकालेएको बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए । देउवाको चार वर्षे कार्यकाल आगामी फागुनबाट सकिन लागेको सन्दर्भमा विधानमा भएको व्यवस्थाअनुसार एक वर्ष थप्न लागिएको हो ।
यो खबर आजको कान्तिपुर दैनिकबाट ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ४काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ५रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ६एकैदिन दुई पूर्वमन्त्री, वीरगञ्जका मेयरसँगै १४ जना वडाध्यक्षहरु एमालेमा प्रवेश
- ७चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश
- ८पारदर्शिता, संरचना र सहकार्यको बाटोमा बर्दिवास उद्योग वाणिज्य संघको तीन वर्षे यात्रा






तपाईको कमेन्ट लेख्नुहोस्