चरित्र हत्या गरेको भन्दै रवि लामिछानेद्वारा कान्तिपुरविरुद्ध मुद्दा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चरित्र हत्या गर्ने समाचार लेखेको भन्दै कान्तिपुर पब्लिकेसन्सविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत् रविले आफूलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गर्दै भ्रामक समाचार सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको जानकारी दिएका हुन् ।
‘समाचारमा आएका कुनै सहकारीको सञ्चालक, शेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि होइन । मैले ती सहकारीहरूमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिए, देखिएलगायतका अन्य विषयमा समेत कानुनी परामर्शमा छु’ उनले लेखेका छन् ।
आफू लोकतन्त्रको बलियो आधारमध्ये एक प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने भन्दै लामिछानेले अगाडि लेखेको छन्, ‘सहकारी पीडितहरूको पीडामा सदनमा भएकामध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन । यो मेरो वचन भो । मलाई नियोजित रूपमा बदनाम गर्ने गरी आएका समाचारको खण्डन गरेको छु र यसरी भ्रामक समाचार सामग्री सम्प्रेषण गर्नेहरूका विरुद्ध कानुनी उपचारमा गएको छु ।’
क्याटेगोरी : समाचार
ट्याग : ##breaking new, #रवि लामिछाने
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्