पहिरो पिडित परिवारलाई न्यानो कपडा बितरण

खांदबारी – संखुवासभाको खाँदबारी नगरपालिका –७ स्थित भैरे डाडाँमा अस्थायी टहरामा बस्दै आएका पहिरो पीडित विपन्न अल्पसंख्यक परिवारलाई न्यानो कपडा (ब्लयाङ्केट) वितरण गरिएको छ । शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभा र गोर्खा पिस फाउण्डेसन (नेपाल-यूके) को सहकार्यमा पहिरो पीडित विपन्न १० परिवारलाई न्यानो कपडा वितरण गरिएको हो ।
खाँदबारी नगरपालिका –७ स्थित भैरे डाडाँमा अस्थायी टहरामा बस्दै आएका पहिरो पीडित विपन्न अल्पसंख्यक १० परिवारलाई न्यानो कपडा (ब्लयाङ्केट) वितरण गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
जाडो बढेपछि पहिरोबाट विस्थापित विपन्न परिवारका वृद्धवृद्धाहरुलाई ब्लयाङ्केट वितरण गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो। जिल्ला प्रहरी कार्यालयले जिल्लाका समुदायमा प्रहरी साझेदारी सुरक्षा सुनिस्चिता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
जाडो समयमाकष्टकर जीवनयापन गरिरहेका विपन्न परिवारलाई राहत स्वरुप न्यानो कपडा (ब्लयाङ्केट) वितरण गरिएको गोर्खा पिस फाउण्डेसन (नेपाल-यूके) का निर्देशक प्रेम संजय लिम्बुले बताउनुभयो । गोर्खा पिस फाउण्डेसनले पहिरो पीडितलाई खानेपानीका लागि समेत सहयोग सहकार्य गर्न तयार रहेको गोर्खा पिस फाउण्डेसनका निर्देशक लिम्बुले बताउनुभयो । गोर्खा पिस फाउण्डेसनले संखुवासभा लगात विभिन्न जिल्लामा सामाजिक कार्य गर्दै आएको छ ।
सिलिचोङ गाउँपालिका –१ बेसिन्दाका ५५ परिवारलाई खाँदबारी नगरपालिका–७ स्थित भैरे डाँडामा राखिएको छ । पहिरो पीडितको आवास निर्माण सम्पन्न नहुदाँ अस्थायी टहरामा बस्दै आएका छन् ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #गोर्खा पिस फाउण्डेसन (नेपाल-यूके), #जिल्ला प्रहरी संखुवासभा, #पहिरो पिडितलाई कपडा बितरण, #संखुवासभा
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्