Techie IT
मंगलबार, माघ २९,२०८१

चिरपटले हानेर ससुरा र ठूलो बुबाको हत्या


अछामको मंगलसेन नगरपालिका-१ कुन्तीवण्डालीको ढुंगानीका पिरम साउद (लफे) ले आफ्नै ससुरा र ठूलो बुबाको हत्या गरेका छन् । उनले दाउराको चिरपटले हानेर ससुरा र ठूलो बुबाको हत्या गरेका हुन् । प्रहरीका अनुसार उनले बुधबार बिहान १ बजे ५५ वर्षीय ससुरा वीरभान थापा र ठूलो बुबा ७२ वर्षीय देउसिंह साउदलाई निर्ममतापूर्वक हत्या गरेका छन् ।

घटनाबारे प्रहरीलाई बिहान पौने चार बजे जानकारी भएको थियो । घटना भएको थाहा पाए लगत्तै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाही नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #हत्या


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
14°
Clear
6:42 am5:53 pm +0545