ग्यास सिलिन्डर पड्किँदा मानव सेवा आश्रममा आगलागी

बागलुङ। मानव सेवा आश्रम, बागलुङमा ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको छ । बागलुङ नगरपालिका वडा नम्बर-३ किनारा टोलमा रहेको आश्रममा शुक्रबार बिहान ७ बजे आगलागी भएको हो ।
आश्रमका कर्मचारी र टोलवासीको सक्रियतामा आगो नियन्त्रणमा लिएको जानकारी दिनुभएको थियो । नयाँ ग्यास जोड्दा ग्यास लिक भएर आगलागी भएको मानव सेवा आश्रमका सञ्चालक विपना तामाङले जानकारी दिनुभयो ।‘आगलागी सुरु भएपछि हामीले तत्काल त्यहाँ भएको दुई वटा ग्यास सिलिण्डर हटाएका थियौँ, उहाँले भन्नुभयो।
आगलागीले भान्छामा भएको फ्रिज र केही सामान नष्ट भएको छ । घटना घटेको २० मिनेटपछि मात्र प्रहरी आएको थियो । आगलागी भएको आधा घण्टा हुँदा पनि बागलुङ नगरपालिकाको दमकल आउन सकेन । दमकल चालकको मोबाइलमा पटक पटक सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन नसकेको उहाँले बताउनुभयाे।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्