Techie IT
आईतबार, वैशाख २१,२०८२

अब समलिङ्गी विवाह सजिलै दर्ता गर्न पाइन्छ


समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डेको विवाह लमजुङको दोर्दी गाउँपालिकामा औपचारिक रूपमा दर्ता भएको छ।

दोर्दी गाउँपालिकाले “अस्थायी अभिलेख” रहने गरी गुरुङ र पाण्डेको विवाह बुधवार दर्ता गरिदिएको हो।

यसअघि सर्वोच्च अदालतले सम्बन्धित निकायलाई आदेश दिएको भए पनि उक्त जोडीको विवाह दर्ता भएको थिएन।

गाउँपालिकाले प्रदान गरेको प्रमाणपत्रमा माया गुरुङको औपचारिक नाम रामबहादुर गुरुङ लेखी उनलाई ‘दुलही’ भनिएको छ।

उक्त जोडीले विवाह दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि सामाजिक सञ्जालमा अब नेपालमा समलिङ्गी विवाह दर्ताको बाटो खुलेको हो कि हैन भन्ने विषयमा चर्चा चलेको छ।

नेपालमा घटना दर्ताको नियमन गर्ने निकाय गृह मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका अधिकारीहरूले भने नेपालमा समलिङ्गी विवाह दर्तामा अझै अन्योल रहेको बताएका छन्।

विभागका निर्देशक दिलकुमार तामाङले सर्वोच्च अदालतको पूर्ण आदेश नआएसम्म अन्य समलिङ्गी जोडीहरूको विवाह दर्ता गर्ने विषयमा अलमल हुन सक्ने बताए।

सर्वोच्च अदालतले पाण्डे र गुरुङको जोडीको मुद्दामा मात्रै नभएर सैद्धान्तिक आदेश दिएका कारण नेपालमा सबै समलिङ्गी जोडीका लागि विवाह दर्ता खुलेको कतिपयको दाबी छ।

नेपालमा ‘कोर्ट म्यारिज’ भनिने अदालतमा सोझै विवाह दर्ता गरेर घटना दर्ताको लागि स्थानीय तहमा सूचना पठाउने र स्थानीय तहको वडा कार्यालयमा गएर सामाजिक परम्पराअनुसार हुने विवाह दर्ता गर्ने दुवै प्रचलन कायम छ।


क्याटेगोरी : विशेष, समाचार, समाज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:20 am6:40 pm +0545