दोस्रो एनटिए लिग तेक्वान्दो बिहीबारबाट

काठमाडौं : नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटिए लिग तेक्वान्दो प्रतियोगिता बिहीबारबाट ललितपुरमा सुरु हुने भएको छ।
संघले बुधबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ गते बिहीबारबाट १६ गतेसम्म प्रतियोगिता गरिने जानकारी दिएको हो।
प्रतियोगितामा पुम्से र ग्यरोगी तर्फबाट ७२ स्वर्ण पदका लागि ६५० खेलाडीले सहभागिता जनाउने संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए।
प्रतियोगिताबाट खेलाडीहरूको राष्ट्रिय वरिताक्रम मापन गरी सोही बमोजिम स्तर र वर्गीकरण गरिने उनले बताए। प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीको सहभागिता रहने चन्दले जानकारी दिए।
खेलहरू ललितपुरको सातदोबाटोस्थित तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुने संघले जनाएको छ।
क्याटेगोरी : समाचार, खेलकुद
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्