Techie IT
शुक्रबार, वैशाख २६,२०८२

काठमाडौंमा अब आफैँले ट्राफिक बत्ति बालेर बाटो काट्न सकिने


मंसिर । काठमाडौंको बबरमहलमा अत्याधुनिक ट्राफिक लाइट सञ्चालनमा आएको छ ।

सडक पार गर्ने पैदलयात्रु आफैँले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधिको शुभारम्भ गरिएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख पोषराज पोखरेलले बटन थिचेर सडक पार गर्नका लागि राखिएको ट्राफिक लाइट अत्याधुनिक भएको जानकारी दिए ।

उनले पैदलयात्रीले सडक पार गर्नका लागि बटन थिचको केहीबेरपछि रातो बत्ति बलेर सवारी रोकिने र सडक पार गरेपछि आफै हरियो बत्ति बल्न जानकारी दिए ।

त्यस्तै काठमाडौं महानगर प्रहरीका प्रमुख राजुनाथ पाण्डेले पैदल यात्रुलाई बाटो काट्न सहज होस भनेर विभिन्न निकायको सहकार्यमा पेलिकन क्रसिङ राखिएको जानकारी दिए । यसबाट सडक दुर्घटना कम हुने विश्वास महानगरको रहेको उनले बताए । करिव १० लाख रुपैयाँ लागतमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि राखिएको हो ।

यस्तै उपत्यका विभिन्न स्थानमा पेलिकन क्रसिङ राख्ने तयारी भइरहेको महानगरले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ट्राफिक बत्ति बालेर बाटो काट्न सकिने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Fair
5:16 am6:43 pm +0545