Techie IT
सोमबार, वैशाख २२,२०८२

विश्वकपमा कोहली सर्वोत्कृष्ट खेलाडी घोषित


भारतीय टिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् ।

उनले यसपटक ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाए । कोहलीको सानदार प्रदर्शनका बाबजुद फाइनलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पराजित भयो । 

फाइनलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो । यसाघि अष्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा उपाधि जितेको थियो । भारत भने यसपटक पनि चुक्यो । 

भारतले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो । ऊ यसपटक अपराजित रहँदै फाइनल पुगेको थियो । भारतले फाइनलमा पनि सजह जित निकाल्ने धेरैको अनुमान थियो । तर, उपाधि भिडन्तमा भारतको ब्याटिङ/बलिङ नै कमजोर देखियो । 


क्याटेगोरी : समाचार, खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545