टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

काठमाडौं । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आधा दर्जन बढी रिट निवेदन दायर भएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतका अधिवक्ताहरुले टिकटक बन्द गर्ने सरकारको निर्णय खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् ।
सर्वोच्चमा पेश भएका ७ वटा रिट निवेदनहरु अध्ययनका क्रममा रहेको जनाइएको छ ।
ती रिट निवेदनहरु अध्ययन गरेपछि मात्रै दर्ता हुन्छ वा हुँदैन अथवा कुन कुन रिट दर्ता हुन्छ भन्ने विषयमा निर्णय हुने अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले बताउनुभयो ।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट टिकटकमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपालमा अधिकांश इन्टरनेट सेवा प्रदायकहरुले टिकटक बन्द गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सर्वोच्च अदालत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्