गोरखामा सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार

गोरखा । जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ६ स्थित चुम्चेतकी २५ वर्षीय महिला सुत्केरी हुन नसकेपछि हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाको समन्वयमा पेमा छोेटेन लामालाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरी काठमाडौँ स्थित प्रसुती गृह थापाथली लगिएको हो ।
लामालाई लामो समय सुत्केरी व्यथा लागेपछि स्वास्थ्यकर्मीले जोखिम देखेर उद्धारका लागि अनुरोध गरेका थिए । आज बिहान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले हेलिकप्टर पठाएपछि महिलाको उद्धार भएको गोरखाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गोरखामा सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट उद्धार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्