महिला टी ट्वान्टी: हङकङसँग नेपालको लज्जास्पद हार

काठमाडौं । महिला टी ट्वान्टी चारदेशीय सिरिजमा नेपाल घरेलु टोली हङकङसँग पराजित बनेको छ । बिहीबार सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले हङकङसँग ९ विकेटको हार ब्यहोरेको हो ।
नेपाल लगातार दुई खेलमा पराजित भएसँगै सिरिजबाट बाहिरिएको छ । नेपालले अब समूह चरणको अन्तिम खेलमा जापानसँग खेल्नेछ । पछिल्लो जितले हङकङले सिरिजको फाइनलमा तान्जानियासँगको भेट पक्का गरेको छ ।
नेपालले प्रस्तुत गरेको ५७ रनको सामान्य लक्ष्य हङकङले ९ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो ।
ओपनर नताशा माइल्सको अविजित ३० रन र सान्जिन शहजादको अविजित २० रनमा हङकङले नेपालविरुद्ध सहज जित निकालेको हो । ओपनर माइल्सले ४ चौको मदतले अविजित ३० रनको शानदार इनिङ्स खेलेकी थिईन् ।
हङकङका मारिको हिल ५ रनमा रनआउट भएकी थिईन् । उनलाई नेपालकी कप्तान इन्दु वर्माले रनआउट गराएकी थिईन् ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १८ ओभरमा अलआउट हुँदै मात्र ५६ रन बनाउन सक्यो । नेपालका लागि रुबिना क्षेत्रीले २५ रन बनाउनु बाहेक अन्यको प्रर्दशन निरिह रह्यो । नेपालका अन्य कुनै ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
ओपनरद्धय पुजा महतो ४ र सिताराना मगर ९ रनमा आउट भएको खेलमा सम्झना खड्का १ रनमा पोविलियन फर्किएका थिए । कप्तान इन्दु वर्मा र काजल श्रेष्ठ शुन्य रनमा आउट हुदाँ उपकप्तान बिन्दु रावल र कन्चन श्रेष्ठ १ रनमा र अश्मिना कर्मचार्य शुन्य रनमा पोविलियन फर्किएका थिए ।
हङकङकी इकरा सहरले सर्वाधिक ३ विकेट लिईन् । सुचिथा बेन्कटेशले २ विकेट लिएको खेलमा बेट्टी चान, मारिको हिल र केनी चानले समान एक(एक विकेट हात पारेका थिए ।
नेपाल पहिलो खेलमा तान्जानियासँग २७ रनले पराजित भएको थियो । सिरिजको फाइनलमा स्थान बनाउन नेपाललाई हङकङविरुद्धको खेल जित्नैपर्ने थियो । पछिल्लो हारले नेपाल सिरिजबाट बाहिरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #हङकङसँग नेपालको लज्जास्पद हार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्