तस्करीको साढे ९ लाख मूल्यको पटाका नष्ट

झापा : तिहार तथा छठ पर्वलाई लक्षित गरी भित्राइएको प्रतिबन्धित बारुदजन्य विस्फोट पदार्थ (पटाका) सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ । झापाका विभिन्न सीमा नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राइएको करिब साढे ९ लाख मुल्य बराबरको पटाका बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका डीएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
बरामद गरिएको १० वटा बोरामा जगमग बम,खुर्सानी बम,रकेट, झिरझिरे,अनारलगायतको पटाकाहरू रहेको डीएसपी श्रेष्ठले बताए । चाडपर्वलाई मध्यनजर गरी सीमा नाकाबाट पटाकाहरू तस्करीको माध्यमबाट भित्रिन थालेपछि नाकामा खटिएका सशस्त्र प्रहरीले निगरानी बढाउँदा सो मुल्य बराबरको पटाका बरामद भएको उनको भनाइ छ ।
बरामद गरिएको पटाकालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापा परिसरभित्र खाडल खनेर स्थानीय जनप्रतिनिधि,झापा उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरीको रोहवरमा शुक्रबार बिहान नष्ट गरिएको छ ।
क्याटेगोरी : समाचार, समाज
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्