Techie IT
शुक्रबार, असार ६,२०८२

यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत र पाकिस्तानको समूहमा


२२ कात्तिक, काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपाल भारत, पाकिस्तान र अफगानिस्तानको समूहमा परेको छ ।

एसियाली क्रिकेट काउन्सिल एसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल डिसेम्बर ८ मा पाकिस्तानसँग खेल्ने छ ।

यस्तै नेपालको दोस्रो खेल डिसेम्बर १० मा अफगानिस्तानसँग र तेस्रो खेल १२ डिसेम्बरमा भारतसँग हुने छ ।

समूह बीमा भने आयोजक यूएईसहित बंगलादेश, श्रीलंका र जापान छन् ।

समूहका २ शीर्ष टोली समिफाइनलमा पुग्ने छन् । फाइनल खेल १७ डिसेम्बरमा हुने छ ।

एसिया कप सकिएको एक महिनापछि नेपालले श्रीलंकामा हुने यू-१९ विश्वकप क्रिकेट खेल्ने छ


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545