बागमती प्रदेश मन्त्रीका पीएसओ झुण्डिएको अवस्थामा भेटिए

मकवानपुर : बागमती प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका पीएसओ ४० वर्षीय यमबहादुर सुवेदी मृत अवस्थामा फेला परेका छन् । उनको शव आज बिहान साढे ६ बजे हेटौंडा-११ बनदेवी मन्दिर नजिकै झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए
इलाका प्रहरी कार्यालय खानीखोला धादिङ दरबन्दी भइ हाल मन्त्री दुलाललको पीएसओ रहेका सुवेदीको शव मन्दिर नजिकैको सालको रुखमा कालो पेटीको पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रवक्ता भण्डारीले बताए ।
प्रहरीले शव बिहानै फेला पारेको भएपनि भर्खरै मात्रै शवको सनाखत भएको हो ।
शव पोष्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको छ । मृतकको हत्या भएको वा आफैंले आत्महत्या गरेको हो भन्ने विषयमा यकिन भएको छैन घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्