Techie IT
बिहीबार, असार ५,२०८२

भूकम्प प्रभावितको उद्धारमा परिचालन हुने विमान तथा हेलिकोप्टरलाई निगमले निःशुल्क इन्धन दिने 


जाजरकोट भूकम्पको उद्धारमा खटिने नेपाल एयरलाइन्सको विमान तथा सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन व्यवस्था हुने भएको छ । नेपाल आयल निगमले राहत तथा उद्धारका लागि प्रयोग हुने नेपाल एयरलाइन्सको विमान र सेनाको हेलिकोप्टरका लागि निःशुल्क इन्धन दिने निर्णय गरेको हो । 

निगमले सामाजिक उत्तरदायित्व कोषबाट हवाई इन्धन सहयोग गर्ने भएको हो । गए राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति गरेको छ । हालसम्म मृतकको संख्या १५७ पुगिकसेको छ । 


क्याटेगोरी : banner, bannernews, ब्रेकिंग न्युज, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain with Thunder
5:06 am7:03 pm +0545