Techie IT
सोमबार, वैशाख २२,२०८२

भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ, उद्दारमा खटौँः अध्यक्ष ओली


कात्तिक । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको बताएका छन् ।

शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो रहेको बताए । उनले भूकम्पका परेकाको उद्दारमा खट्न अनुरोध गरेका छन् ।

‘मध्यरातमा आएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय क्षति भएको छ । ६.४ म्याग्निच्युटको भूकम्पले कयौं घाइते छन्, राती आएको भूकम्पका कारण उद्दार प्रभावकारी हुन सकेको छैन होला । मैले बिहान त्यहाँका केही साथीहरुसँग टेलिफोन मार्फत जानकारी लिएँ ।’ अध्यक्ष ओलीले भनेका छन्, ‘यतिबेला त्यहाँ उद्दार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको धेरै खाँचो छ। सबै साथीहरु उद्दारमा खटौँ । घाइतेहरुलाई शीघ्र उद्दार र उपचारको प्रबन्ध गरौं । यो बाहिरकाले सहयोग पुर्‍याउने र त्यहाँकाले धैर्य र सावधानी राख्नु पर्ने समय हो ।’

गए राति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #ओली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:19 am6:41 pm +0545