Techie IT
बिहीबार, असार ५,२०८२

हत्या गरी फालिएको अवस्थामा महिलाको शव फेला


बारा, १७ कात्तिक । बाराको जितपुर सिमरा उपमहानगरपालिका– ६ स्थित घुसुकपुरमा एक महिलाको शव फेला परेको छ ।

घुसुकपुरको खेतमा परिचय नखुलेको अन्दाजी २५ वर्षीया महिलाको हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । कुर्ता सुरुवालमा रहेकी मृतक महिलाको शरीरमा घाउ चोट देखिएकोले हत्या गरी फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


क्याटेगोरी : समाचार, समाज, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Light Rain
5:07 am7:03 pm +0545