नेप्से परिसूचकको ओरालो यात्रा जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १० दशमलव ८६ अङ्कले ओरालो लागेर एक हजार आठ सय ४७ दशमलव ७० मा सीमित भएको छ ।
ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक दुई दशमलव १९ अङ्कले ओरालो लागेर तीन सय ५७ दशमलव ७६ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्य उकालो लाग्दा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।
कूल ३७ लाख ४९ हजार नौ सय ५४ कित्ता शेयर रु ९६ करोड ४४ लाख ७७ हजार सात सय ११ मूल्यमा कारोबार भयो । कारोबारका आधारमा आशा लघुवित्त शीर्ष स्थानमा छ । सो कम्पनीको रु १० करोड १० लाख बराबरको कारोबार भयो । यस्तै, प्राइम बैङ्क रु छ करोड ४५ लाख ५२ हजार पाँच सय ५१, सोनापुर मिनरल्स रु चार करोड ४९ लाख ६८ हजार नौ सय सात, सोल्टी होटल रु दुई करोड ७९ लाख ८१ ह्जार सात सय ६४ र हाथवे इन्भेस्टमेन्टको रु दुई करोड ६४ लाख ३१ हजार बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भयो ।
नेप्सेका अनुसार, चन्द्रागिरि हिल्स छ दशमलव शून्य चार, हिमालयन लघुवित्त पाँच, एनआइबिएल प्रगति फण्ड चार दशमलव ९६, सोल्टी होटल चार दशमलव ७७ र एनआइसी एशिया ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव ७२ प्रतिशतले कमाएका छन् ।
यस्तै, सयपत्री हाइड्रो पावर १०, रावा इनर्जी सात दशमलव ४६, बुद्धभूमि नेपाल हाइड्रोपावर पाँच दशमलव ९१, सामलिङ पावर चार दशमलव ८२ र सुपर मादी हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ७३ प्रतिशतले गुमाएका छन् । रासस
क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #नेप्से परिसूचकको ओरालो यात्रा जारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्